Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आजदेखी खुल्यो बुक बिल्डिङ प्रक्रियाबाट नेपालमा पहिलो पटक सर्वोत्तम सिमेन्टको आईपीओ

  •   ३ वर्ष अघि | ६ मंसिर २०८०, बुधबार

मंसिर ६, काठमाडौँ । बुक बिल्डिङ प्रक्रियाबाट नेपालमा पहिलो पटक सर्वोत्तम सिमेन्टले प्राथमिक सेयर (आईपीओ) निस्कासन गरेको छ ।

संस्थागत लगानीकर्ताले मात्रै आज बुधबारदेखि बिक्री खुला भएको सर्वोत्तमको आईपीओमा आवेदन दिन पाउनेछन्।

यस सर्वोत्तम सिमेन्टको आईपीओ संस्थागत लगानीकर्तालाई बाँडफाँट भइसकेपछि अर्को चरणमा मात्रै सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

कम्पनीले जारी पुँजी ४ अर्ब ६५ करोड रुपैयाँको कुल ६० लाख कित्ता अर्थात १२.९०३३ प्रतिशत हुन आउने ६० करोड रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो । यसमध्ये २४ लाख कित्ता अर्थात ४० प्रतिशत सेयर पहिले योग्य संस्थागत लगानीकर्तालाई प्रदान हुनेछ भने बाँकी ३६ लाख कित्ता सेयर अर्थात ६० प्रतिशत सेयर सर्वसाधारणलाई पछि जारी हुनेछ ।

संस्थाहरुलाई कम्पनीको सेयरका लागि न्यूनतम मूल्य प्रतिकित्ता ४०१ रुपैयाँदेखि अधिकतम ६०१ रुपैयाँ ५० पैसाको रेञ्ज प्रदान गरिएको छ । मंसिर १० गतेसम्म संस्थागत लगानीकर्ताले यो कम्पनीको आईपीओ खरिदका लागि आवेदन दिनेछन् ।

गोप्य शिलबन्दीमार्फत संस्थागत लगानीकर्ताले तोकिएको मूल्य रेञ्जभित्र रहेर दिएको आवेदनअनुसार प्रतिस्पर्धाका आधारमा निश्चित मूल्य (कट अफ प्राइस) तय हुन्छ । पछि सर्वसाधारणलाई त्यहीं तय भएको कटअफ प्राइसभन्दा १० प्रतिशत कम मूल्यमा ३६ लाख कित्ता सेयर जारी हुनेछ। कम्तीमा ५० कित्ताका लागि सर्वसाधारणले बुक बिल्डिङबाट खुल्ने आईपीओमा आवेदन दिनुपर्ने व्यवस्था रहेको छ । एक व्यक्तिले बाँडफाँटका क्रममा पनि कम्तीमा ५० कित्ता सेयर पाउने छन् ।

  • न्युज बहार संवाददाता

थप