Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

१०.३७ अंकले बढ्यो आइतबारको सेयर बजार परिसूचक नेप्से

  •   २ वर्ष अघि | १४ माघ २०८०, आइतवार

माघ १४, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १०.३७ अंक (०.४९ प्ररतिशत)ले बढेर २०९४.४६ बिन्दुमा बन्द भएको छ।

यस दिन नेप्से परिसुचकसँगै कारोबार रकम पनि सामान्य बढेको छ। यस दिन ३०६ स्टकको १ लाख पटकको कारोबारमा ३ अबए ८३ करोड ३७ लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ५१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन माथिल्लो मैलुङ्ग खोला जलविद्युत, मिड सोलु हाइड्रोपावर र सामलिङ्ग पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने यस दिन चन्द्रागिरी हिल्सको शेयरमूल्य सर्वाधिक ९.८६ प्रतिशत घटेको छ।

यस दिन कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ।

यस दिन १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक घटेको छ भने ९ उपसमूहको परिसूचक बढेको छ । यस दिन १ प्रतिशतभन्दा बढी विकास बैंक, जलविद्युत र अन्य उपसमूहको परिसूचक बढेको छ भने करिब १ प्रतिशतले होटल तथा पर्यटन उपसमूहको परिसूचक घटेको छ।

  • न्युज बहार संवाददाता

थप