असार २२, काठमाडौँ । साउन १ गतेदेखि सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मुल्यमा आइपिओ निष्कासन गर्ने भएको छ।
सन नेपाल लाइफ इन्स्योरेन्सले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि कम्पनिले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा ९ लाख ६० हजार कित्ता आइपिओ निष्कासन गर्न लागेको छ।
उक्त आइपिओमा साउन १ गते देखी साउन १५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
- न्युज बहार संवाददाता