Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

१.०० प्रतिशतले बढेको नोप्सेमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सर्वाधिक कारोबार

  •   ३ वर्ष अघि | २४ पुस २०८०, मङ्लबार

पुस २४, काठमाडौँ । आज मंगलबार नेप्से परिसूचक २०.६२ अंक (१.०० प्रतिशत)ले बढेर २०८०.१२ विन्दुमा बन्द भएको छ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। यस दिन ३०९ स्टकको १ लाख ४ हजार पटकको कारोबारमा ६ अर्ब ११ करोड ८३ लाख रुपैयाँ बराबरको १ करोड ७९ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार ११ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक,  कर्णाली डेभलपमेन्ट बैंक, कालिका लघुवित्त, त्रिशुली जलविद्युत अप्पर सांगे हाइड्रोपावर, हिमालयन रि इन्स्योरेन्स, नेपाल वेयर हाउजिङ्ग, तेह्रथुम पावर र मुक्तिनाथ कृषि कम्पनी, ग्रीन डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने यस दिन सर्वाधिक ८.१९ प्रतिशतले धौलागिरी लघुवित्तको शेयरमूल्य घटेको छ।

यस दिन पनि कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ।

यस दिन सर्वाधीक ५.२१ प्रतिशतले विकास बैंक उपसमूहको परिसूचक बढेको छ भने ३ प्रतिशतभन्दा बढी वित्त उपसमूहको परिसूचक बढेको छ ।

यस दिन कारोबारमा आएका जलविद्युत, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक भने घटेको छ।

  • न्युज बहार संवाददाता

थप