Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

एकै दिन ५८.५५ अंकले बढेको नेप्सेमा शिवम् सिमेन्ट्सको सर्वाधिक कारोबार

  •   २ वर्ष अघि | २९ फाल्गुन २०८०, मङ्लबार

फागुन २९, काठमाडौँ ।  नेप्सेले ज पनि बढ्ने क्रमलाई निरन्तरता दिएको छ ।

साताको तेस्रो तथा कारोबारको दोस्रो दिन नेप्से परिसूचक ५८.५५ अंक(२.८५ प्रतिशत)ले बढेर २१११.२१ विन्दुमा बन्द भएको छ।

नेप्सेको वृद्धिसँगै दिन कारोबार रकम पनि बढेको छ । यस दिन बजारमा ३०५ स्टकको ८२ हजार ७४६ पटकको कारोबारमा ४ अर्ब ५५ करोड १६ लाख रुपैयाँ बराबरको १ करोड ६ लाख ९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन न्नति सहकार्य लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, स्वाभिमान लघुवित्त, जाल्पा लघुवित्त र विन नेपाल लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन मूल्य घटेका स्टकहरु ३ प्रतिशतभन्दा कम घटेको छ ।

यस दिन कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको यस दिन ३७ करोड १९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये सबैभन्दा धेरै ५.४४ प्रतिशतले यस दिन जीवन बीमा उपसमूहको परिसूचक बढेको छ।

यस दिन होटल, बैंकिङ्ग, पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक ३.१५ प्रतिशतले बढेको छ।

  • न्युज बहार संवाददाता

थप