Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

७५.३३ अंकले बढेको बजारमा शिवम् सिमेन्ट्सको सर्वाधिक कारोबार

  •   २ वर्ष अघि | ८ साउन २०८१, मङ्लबार

साउन ८, काठमाडौँ । केही दिनदेखीको निरन्तर वृद्धिपछि नेप्से परिसूचक २५०० विन्दुभन्दा माथि पुगेको छ ।  साउनको १ गतेदेखी बढेको नेप्सेले करिब २९ महिना पछी २५०० बिन्दु माथी पुगेको छ ।

आज मंगलबार नेप्से परिसूचक ७५.३३ अंक(३.०२ प्रतिशत) बढेर २५६३.४३ विन्दुमा पुगेको छ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। बजारमा यस दिन ३१७ स्टकको १ लाख ७१ हजार ३८७ पटकको कारोबारमा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार रुपैयाँबराबरको ३ करोड ९७ लाख ९० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ७ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने कारोबारमा आएको गणपति लघुवित्तको शेयरमूल्य भने करिब ६ प्रतिशत घटेको छ।

ममगलबार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको आज २४ करोड ६९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको हो ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेको छ। १३ मध्ये आज सर्वाधिक ५.०६ प्रतिशतले व्यापार उपसमूहको परिसूचक बढेको छ। 

  • न्युज बहार संवाददाता

थप