Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

१४.५७ अंकले बढ्यो नेप्से, एनटिसी लगायत तिन कम्पनिको शेयरको सकारात्मक सर्किट लेभलमा कारोबार

  •   २ वर्ष अघि | २२ माघ २०८०, सोमवार

माघ २२, काठमाडौँ । नेप्से परिसूचक साताको दोस्रो कारोबार दिन बढेर बन्द भएको छ। कारोबार अवधिभर स्थिर जस्तै रहेको नेप्से अन्तिम समयमा एनटिसी अर्थात नेपाल टेलिकमको शेयरमूल्य बढेसँगै बढेको हो।

आज नेप्से १४.५७ अंक (०.७० प्रतिशत)ले बढेर २०७६.२७ बिन्दुमा बन्द भएको छ।

यस दिन नेप्से बढेपनि अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम भने घटेको छ। यस दिन ३१० स्टकको ५६ हजार ७७५ पटकको कारोबारमा २ अर्ब ४३ करोड ८० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

आज तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन पिपुल्स पावर, नेपाल टेलिकम र समाज लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो भने जोशी हाइड्रोपावरको शेयरमूल्य पनि करिब १० प्रतिशतले नै बढेको छ । यस दिन सर्वाधिक ६.७८ प्रतिशतले स्वाभिमान लघुवित्तको शेयरमूल्य भने घटेको छ।

यस दिन पनि कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ।

यस दिन १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक घटेको छ भने ९ उपसमूहको परिसूचक बढेको छ। यस दिन सर्वाधिक ४.६८ प्रतिशतले अन्य उपसमूहको परिसूचक बढेको छ। 

  • न्युज बहार संवाददाता

थप