असार १९, काठमाडौँ।
आज साताको तेस्रो कारोबार दिन सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले बढेको छ।
आज मंगलबार नेप्से
१२.७३ अंक (०.६१%)
बढेर २०८८.७० बिन्दुमा बन्द भएको छ।
मंगलबार नेप्से परिसूचक
दोहोरो अंकले बढ्दा पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन ४ अर्ब रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन घटेर २ अर्ब ५७ करोड ६१ लाख ४० हजार १२८ रुपैयाँमा सीमित भएको छ।
आज बजारमा २८२ वटा धितोपत्रको ६४ लाख ५० हजार ९३४ कित्ता सेयर किनबेच भएको हो।
आज मंगलबार सिटी होटलको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढेको छ।
- न्युज बहार संवाददाता