साउन ३२, काठमाडौँ । बिहीबार साताको अन्तिम कारोबार दिन सेयर बजार परिसुचक नेप्से बद्धी भएको छ ।
आज नेप्से परिसूचक ८.०१ अंक (०.३९ प्रतिशत) ले बढेर २०३३.१३ बिन्दुमा पुगेको छ।
अघिल्लो दिनको तुलनामा बिहीबार कारोबार रकम पनि भने घटेको छ।
यस दिन २७१ वटा धितोपत्रको ४० लाख ९ हजार २६३ कित्ता सेयर किनबेचबाट १ अर्ब ५४ करोड १३ लाख ६७ हजार ३९८ रुपैयाँको कारोबार भएको छ ।
आज नेप्सेमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को इकाइमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने सेयर मूल्य सर्वाधिक घट्नेमा लक्ष्मी इक्विटी फण्ड रहेको छ।
यस दिन सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये १२ वटा समूहको परिसूचक बढेको छ भने म्युचुअल फण्ड समूहको परिसूचक ०.२३ प्रतिशतले घटेको छ ।
आज लगानीकर्ताको उच्च आकर्षण व्यापार समूहको परिसूचकमा देखिएको छ। उक्त समूहको परिसूचक सर्वाधिक २.५३ प्रतिशतले बढेको छ।
- न्युज बहार संवाददाता