Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

साताको अन्तिम कारोबार दिन नेप्सेमा झिनो अंकको गिरावट

  •   ३ वर्ष अघि | २६ पुस २०८०, बिहिबार

पुस २६, काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से परिसूचक घटेर बन्द भएको छ। आज  ०.६२ अंक (०.०३ प्रतिशत)ले घटेर २०८८.९ बिन्दुमा बन्द भएको छ ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। यस दिन ३०७ स्टकको ७९ हजार ३८९ पटकको कारोबारमा ४ अर्ब ३० करोड ७७ लाख रुपैयाँ बराबरको २ करोड २१ लाख ३२ हजार कित्ता शेयर कारोबार भएको छ।

नेप्से घटेपनि आज ८ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन समाज लघुवित्त, निर्धन उत्थान लघुवित्त, त्रिशुली जलविद्युत कम्पनी, मिड सोलु हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, हिमालयन रिइन्स्योरेन्स, नेपाल वेयर हाउजिङ्ग कम्पनी र मेगा म्युचुअल फण्ड १ को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो भने यस दिन सर्वाधिक ९.६० प्रतिशत ९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्रको मूल्य घटेको छ।

यस दिन हिमालयन बैंकको संस्थापक शेयर कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ। 

यस दिन १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन सर्वाधिक १.५६ प्रतिशतले जलविद्युत उपसमूहको परिसूचक बढेको छ भने सर्वाधिक १.०४ प्रतिशतले जीवन बीमा उपसमूहको परिसूचक घटेको छ।

 

  • न्युज बहार संवाददाता

थप