Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

१११ अंकले बढेको भोलीपल्टै दोहोर अंकले घट्यो नेप्से, पाँच महिना यताकै उच्च कारोबार

  •   ३ वर्ष अघि | २५ मंसिर २०८०, सोमवार

मंसिर २५, काठमाडौँ । सोमबार नेप्से परिसुचक १५.४०  अंकले घटेको छ । आइतबार एकैदिन १११ अंकले बढेको नेप्से आज दोस्रो दिनमै गिरावट आएको हो । पाँच महिनायताकै उच्च कारोबार आज सोमबार भएको छ । आज ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार रूपैयाँको कारोबार भएको छ।

सोमबार नेप्से परिसूचक १५.४० अंक (०.७८ प्रतिशत) ले घटेर १९४८.५७ बिन्दुमा बन्द भएको छ।

आज २ प्रतिशतदेखि १० प्रतिशतसम्म ६१ वटा कम्पनीको सेयर मूल्य बढेको छ। त्यस्तै, २ प्रतिशतदेखि ७ प्रतिशतसम्म ७० वटा कम्पनीको मूल्य घटेको छ

यसदिन बजारमा सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बाँकी समूहको परिसूचक घट्दा उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा समूहको परिसूचक बढेको छ ।

यसदिन सर्वाधिक २.०९ प्रतिशतले विकास बैंक समूहको परिसूचक घटेको छ भने सर्वाधिक २.१६ प्रतिशतले म्युचुअल फण्डसमूहको परिसूचक बढेको छ।

  • न्युज बहार संवाददाता

थप