Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

छौटौँ दिनको गिरावटपछी १३.२८ अंकले बढ्यो नेप्से

  •   २ वर्ष अघि | १४ फाल्गुन २०८०, सोमवार

फागुन १४, काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक बढेर बन्द भएको छ।

यस दिन नेप्से परिसूचक टेवा क्षेत्रबाट उकालो लागेको हो।

सोमबार नेप्से परिसूचक १३.२८ अंक(०.६७ प्रतिशत)ले बढेर १९९२.३० विन्दुमा नम्द  भएको छ। 

यस दिन नेप्से परिसुचक बढेपनि भोल्यूम भने कमजोर देखिएको छ। यस दिन ३१४ स्टकको ४९ हजार ९४० पटकको कारोबारमा २ अर्ब १ करोड ७७ लाख रुपैयाँ बराबरको ५९ लाख ८८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन पनि बोटलर्स नेपाल (बालाजु) को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने यस दिन समाज लघुवित्तको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन सोनापुर मिनरल्स एण्ड आयल कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको ९ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन कारोबार भएका १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। सोमबार सर्वाधिक २.५१ प्रतिशतले उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक बढेको छ भने यस दिन लघुवित्त, वित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ।

  • न्युज बहार संवाददाता

थप