असोज ३०, काठमाडौँ । मंगलबार सेयर बजार सूचक नेप्से १३.१८
अंकले बढेर १८६४.६२ बिन्दुमा बन्द भएको छ।
सीमान्तदर
मै भएपनि बैंकहरूले निक्षेपको ब्याजदर घटाएसँगै मंगलबार सेयर बजार सकारात्मक बनेको
हो।
यसदिन
अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ।
यस दिन २८९ वटा धितोपत्रको ३८
लाख १३ हजार २३३ कित्ता सेयर किनबेचबाट १ अर्ब ८४ लाख ३७ हजार ८६० रुपैयाँको
कारोबार भएको छ।
आज
नेप्सेमा एनआइबिएल प्रगति फण्डको इकाइ मूल्य सर्वाधिक ७.३५ प्रतिशतले बढेर बढेको छ
भने
सेयर मुल्य ८.५३
प्रतिशतले सर्वाधिक घट्नेमा हाथवे इन्भेष्टमेन्ट रहेको छ।
यसदिन हाथवे इन्भेष्टमेन्टको
सर्वाधिक कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा
समूहगत परिसूचकमध्ये बाँकी सबै समूहको परिसूचक बढ्दा होटल्स तथा पर्यटन, निर्जीवन बीमा र व्यापार समूहको
परिसूचक भने घटेको छ ।
यसदिन सर्वाधिक १.३० प्रतिशतले वित्त
समूहको परिसूचक बढेको छ भने सर्वाधिक १.२५ प्रतिशतले व्यापार समूहको परिसूचक घटेको
छ।
- न्युज बहार संवाददाता