Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेप्से३७.१३ अंकले बढ्यो, चन्द्रागिरी हिल्सको सर्वाधीक कारोबार

  •   २ वर्ष अघि | २१ असोज २०८१, सोमवार

असोज २१, काठमाडौँ । सोमबार साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ३७.१३ अंक(१.३९ प्रतिशत)ले बढेर २६९०.७२ विन्दुमा बन्द भएको हो ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। बजारमा यस दिन ३०५ स्टकको ७३ हजार ११९ पटकको कारोबारमा ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख ४५ हजार कित्ता शेयर खरिदबिक्री भएको हो ।

आज सर्वाधिक ९.९३ प्रतिशतले थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य बढेको छ भने यस दिन इष्टर्न हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन कारोबार रकमका आधारमा चन्द्रागिरी हिल्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन २६ करोड २३ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ।

आज सर्वाधिक ३.५० प्रतिशतले होटल तथा पर्यटन उपसमूहको परिसूचक बढेको छ। 

  • न्युज बहार संवाददाता

थप