जेठ ६, काठमाडौँ । आज मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ४९.०९ अंकले बढेर २६७७.४५ विन्दुमा बन्द भएको हो ।
यस दिन नेप्से बढेपनि कारोबार
रकम भने सामान्य घटेको छ । बजारमा यस दिन ३१० स्टकको ७३ हजार ५४ पटकको कारोबारमा ७
अर्ब ३१ करोड २७ लाख ९० हजार रुपैयाँबराबरको १ करोड ६८ लाख ८८ हजार कित्ता शेयर
खरिदबिक्री भएको हो ।
यस दिन ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार
भएको छ। यस दिनओम मेगाश्री फर्मास्यूटिकल्स, सिन्धु विकास बैंक र सप्तकोशी
डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । आज विन नेपाल
लघुवित्तको शेयरमूल्य सर्वाधिक ३.०९ प्रतिशतले घटेको छ ।
यस दिन कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । उक्त
कम्पनीको यस दिन ४१ करोड ८० लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
यस दिन कारोबारमा आएको १३
वटै उपसमूहको परिसूचक बढेको छ । आज होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक
३.४२ प्रतिशतले बढेको छ ।
- न्युज बहार संवाददाता