असार ३१, काठमाडौँ। आज आइतबार साताको पहिलो कारोबार अर्थात् नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ।
आज सेयर बजार नेप्से १२.१६ अंक (०.५८ प्रतिशत)ले बढेर २०९७.०९ बिन्दुमा बन्द भएको छ।
आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
यस दिन कारोबार रकम घटेर २ अर्ब ३७ करोड ६४ लाख २७ हजार रुपैयाँ पुगेको छ।
आज बजारमा २८६ वटा धितोपत्रको ७१ लाख ८४ हजार २५४ कित्ता सेयर किनबेच भएको छ।
आज आइतबार सनराइज फोकस्ड इक्विटी फण्डको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
सर्वाधिक
सेयरमूल्य घट्नेमा लिवर्टी इनर्जी रहेको छ।
उक्त कम्पनीको सेयर मूल्य ५.९६ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २४४ रुपैयाँ ५० पैसामा सीमित भएको छ।
आज आइतबार बजारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
त्यसैगरी, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ५ समूहको परिसूचक घटेको छ भने ८ समूहको परिसूचक बढेको छ।
- न्युज बहार संवाददाता