चैत
२७, काठमाडौँ । शेयर बजारमा चैत मसान्तको प्रभाव सकिएसँगै केही सुधारको संकेत
देखिएको छ ।
आज
मंगलबार नेप्से सूचक ९.१९ अंक (०.४५ प्रतिशत)ले बढेर २०३६.०१ विन्दुमा बन्द भएको छ
।
आज
नेप्से परिसुचकसँगै कारोबार रकम पनि बृद्धी भएको छ। आज बजारमा ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार ९८९ रुपैयाँ
बराबरको ९७ लाख ८९ हजार ४१६ कित्ता शेयर कारोबार किनबेच भएको छ।
यसदिन नेपाल फाइनान्स, पोखरा फाइएनान्स, जानकी
फाइनान्सको शेयरमूल्य सर्किट लेभलमा कारोबार भएको छ भने सबैभन्दा धेरै १०
प्रतिशतले विन नेपाल लघुवित्तको शेयरमूल्य घटेको छ ।
आज बजारमा सुर्यज्योति
लाइफ इन्स्योरेन्सको सर्वाधीक कारोबार भएको छ ।
आज मंगलबार पनि लगानीकर्ताको
आकर्षण फाइनान्स उपमूहमा देखिएको छ । त्यसबाहेक आज अन्य उपसमूह र इन्स्योरेन्स
समूहमा पनि केही मात्रामा बढेका छन ।
यस दिन कारोबारमा आएका
१३ उपसमूहमा ३ उपसमूहको सूचक घटेको छ भने बाँकी १० उपसमूहको सूचक बढेका छन्।
यस दिन सबैभन्दा धेरै २.७९ प्रतिशतले फाइनान्स उपसमूहको
सूचक बढेको छ।
- न्युज बहार संवाददाता