पुस
२३, काठमाडौँ । आज मंगलबार नेप्से परिसूचक सामान्य अंकल बढेको छ ।
यस
दिन नेप्से परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ विन्दुमा पुगेको छ।
यस दिन नेप्से बढेपनि कारोबार रकम भने घटेको छ। यस दिन बजारमा ३०५ स्टकको ६६
हजार ६२६ पटकको कारोबारमा ५ अर्ब ३८ करोड ४६ लाख ७२ हजार रुपैयाँबराबरको १ करोड २०
लाख ८१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन ३ कम्पनीको शेयर
सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन न्यादी हाइड्रोपावर, सप्तकोशी
डेभलपमेन्ट बैंक र
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको
हो भने यस दिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र दोल्ती पावर कम्पनीको शेयर
नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
यस दिन कारोबार रकमका आधारमा सिन्धु विकास बैंक शीर्ष
स्थानमा रहेको छ। उक्त बैंकको यस दिन १६ करोड ९२ लाख ९६ हजार रुपैयाँबराबरको शेयर
कारोबार भएको छ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक
बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ।
यस दिन सर्वाधिक २.६५
प्रतिशतले वित्त उपसमूहको परिसूचक बढेको छ ।
- न्युज बहार संवाददाता