असोज ४, काठमाडौँ । बिहीबार साताको अन्तिम कारोबार दिन नेप्से
परिसूचकमा हरियाली छाएको छ। आज नेप्से परिसुचक ४४.३४ अंक (२.२३ प्रतिशत) ले बढेर २०२९.७८
बिन्दुमा बन्द भएको छ।
यस
दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बृद्धी भएको छ।
यस दिन
२७८ वटा धितोपत्रको १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता सेयर किनबेचबाट ३ अर्ब २९
करोड ३९ लाख २१ हजार ३६८ रुपैयाँ कारोबार भएको हो।
आज
नेप्सेमा नौ वटा कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ।
बिहिबार
दिव्यश्वरी हाइड्रोपावर, नेशनल
हाइड्रोपावर, हिमाल
दोलखा हाइड्रोपावर र स्वाभिमान लघुवित्त लगायत अन्य पाँच कम्पनिको सेयर मूल्य १०
प्रतिशतले बृद्धी भएको छ भने आज सेयर मूल्य सर्वाधिक घट्नेमा एनआइबिएल ग्रोथ फण्ड
रहेको छ।
यस दिन नेप्सेमा सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढेको छ । आज जलविद्युत समूहको परिसूचक सर्वाधिक ५.३१ प्रतिशतले बढेको छ भने ४.३८ प्रतिशतले वित्त समूहको परिसूचक बढेको छ।
- न्युज बहार संवाददाता