Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

३३.१५ अंकले बढ्यो नेप्से

  •   २ वर्ष अघि | २९ जेष्ठ २०८१, मङ्लबार

जेठ २९, काठमाडौँ । आज साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ ।

यस दिन नेप्से ३३.१५ अंक(१.५९ प्रतिशत)ले बढेर २११५.२४ विन्दुमा बन्द भएको छ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि बृद्धी भएको छ। बजारमा यस दिन ३११ स्टकको ७४ हजार ८७७ पटकको कारोबारमा ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँ बराबरको १ करोड २६ लाख ६५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज मंगलबार पाँच स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ग्रीन भेन्चर्स बरुण हाइड्रोपावर लगायत पाँच स्टकको सेयर १० प्रतिशतले बढेको छ ।  यस दिन सर्वाधिक ५.८१ प्रतिशतले सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य घटेको छ।

यस दिन कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। उक्त  कम्पनीको यस दिन ३६ करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

यस दिन कारोबारमा आएको १३ वटै उपसमूहको परिसूचक बढेका छ । आज सर्वाधिक २.५८ प्रतिशतले जलविद्युत उपसमूहको परिसूचक बढेको छ । 

  • न्युज बहार संवाददाता

थप