भदौ
५, काठमाडौँ । बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से सूचक २.११
अंकले बढेर २९८८.४४ विन्दुमा बन्द भएको छ।
बुधबार कारोबार रकम भने
अघिल्ला दिनहरुको तुलनामा घटेको छ । आज १८ अर्ब ९० करोड ६३ लाख रुपैयाँ बराबरको ४
करोड १४ लाख ५४ हजार ६११ कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन ४ कम्पनीको
शेयरमूल्य १० प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै १० प्रतिशतले कर्णली डेभलपमेन्ट
बैंकको शेयरमूल्य घटेको छ ।
आज कारोबार रकमका
अधारमा हिमालयन रि इन्स्योरेन्स शिर्ष स्थानमा रहेको छ । यस कम्पनिको आज ६६ करोड रुपैयाँको शेयर कारोबार
भएको छ ।
यस दिन कारोबारमा आएका
१३ उपसमूहमा ८ उपसमूहको सूचक नकारात्मक देखिएको छ भने ५ उपसमूहको सूचक सकारात्मक
देखिएको छ । सबैभन्दा धेरै ४.९९ प्रतिशतले फाइनान्स उपसमूहको सूचक बढेको छ । आज ब्यापार
उपसमूहको सूचक सबैभन्दा धेरै २.०९ प्रतिशतले घटेको छ।
- न्युज बहार संवाददाता