Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज ११.२२ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि बृद्धी

  •   ३ वर्ष अघि | २१ कार्तिक २०८०, मङ्लबार

कार्तिक २१, काठमाडौँ । आज मंगलबार नेप्से परिसूचक ११.२२ अंक(०.६० प्रतिशत)ले बढेर १८५८.७६ बिन्दुमा बन्द भएको छ।

आज मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।

यस दिन २८५ वटा धितोपत्रको ४३ लाख ३१ हजार २२९ कित्ता सेयर किनबेचबाट ९९ करोड ६५ लाख ८६ हजार २९१ रुपैयाँ कारोबार भएको छ।

यस दिन मंगलबार लक्ष्मी लघुवित्तको सेयर मूल्य सर्वाधिक ८.१६ प्रतिशतले बढेको छ भने सर्वाधिक ८.२६ प्रतिशतले घट्नेमा स्वावलम्बन लघुवित्त रहेको छ।

आज नेप्सेमा मंगलबार हिमालयन बैंकको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये १२ वटा परिसूचकम बढेको छ भने निर्जीवन बीमा समूहको परिसूचक ०.१८ प्रतिशतले घटेको छ।

यसदिन सर्वाधिक १.५१ प्रतिशतले लगानी समूहको परिसूचक बढेको छ।

  • न्युज बहार संवाददाता

थप