Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

३१.४९ अंकले घट्यो नेप्से, पुन: २१०० विन्दुभन्दा तल

  •   ३ वर्ष अघि | ८ माघ २०८०, सोमवार

माघ ८, काठमाडौँ । सेयर बजार परिसूचक नेप्से निरन्तर ४ करोबार दिन घटेर पुनः २१०० विन्दुभन्दा तल झरेको छ। यस दिन न नेप्से परिसूचक ३१.४९ अंक(१.४७ प्रतिशत)ले घटेर २०९८.६९ विन्दुमा बन्द भएको छ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। यस दिन ३०७ स्टकको १ लाख ५० हजार पटकको कारोबारमा ६ अर्ब ३६ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८० लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार सर्वाधिक ९.९८ प्रतिशतले अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य बढेको छ भने सर्वाधिक ८.३३ प्रतिशतले दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य घटेको छ।

यस दिन नेप्सेमा हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।  

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये व्यापार उपसमूहको परिसूचक बढेको छ भने बाँकी सबै १२ उपसमूह घटेको छ । आज व्यापार उपसमूहको परिसूचक ०.३५ प्रतिशत बढेको हो।

यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.२४ प्रतिशत घटेको छ। 

  • न्युज बहार संवाददाता

थप