पुस ८, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक
२१.०३ अंक(०.९९ प्रतिशत)ले घटेर २०८८.०७ बिन्दुमा बन्द भएको छ।
नेप्सेमा
गरिवट आएपनि कारोबार रकम बने बढेको छ । आज बजारमा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार
८२९ रूपैयाँको सेयर कारोबार भएको छ। यो रकम अघिल्लो दिनको तुलनामा
८४ करोड रूपैयाँ बढी हो।
आज नेप्सेमा ३०९ वटा धितोपत्रको १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता
सेयर किनबेच भएको छ।
यसदिन ७९
कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ वटाको घटेको छ। ६ वटा कम्पनीको सेयर मूल्य
स्थिर रहेको छ। आज आइतबार ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।
कालिका पावर, बोटलर्स नेपाल बालाजु, सामलिङ पावर, चिरख्वा हाइड्रोपावर, बिपिडब्ल्यू लघुवित्तको सेयर मूल्य १० प्रतिशतका दरले
बढेको छ भने आज नेपाल रिपब्लिक मिडिया, ज्योति विकास बैंक बण्ड २०८७ को
मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।
यसदिन शिवम्
सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा
समूहगत परिसूचकमध्ये बाँकी सबै समूहको परिसूचक घट्दा जीवन बीमा, जलविद्युत, निर्जीवन बीमा र अन्यसमूहको
परिसूचक बढेको छ।
यसदिन सर्वाधिक
०.९७ प्रतिशतले अन्य समूहको परिसूचक बढेको छ।
यस्तै, सर्वाधिक ३.८९ प्रतिशतले लगानी
समूहको परिसूचक घटेको छ।
- न्युज बहार संवाददाता