जेठ २८, काठमाडौँ । आज बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक १३.६९ अंक घटेर २६६४.४७ विन्दुमा झरेको छ।
यस दिन नेप्सेसँगै कारोबार
रकम पनि घटेको छ। बजारमा यस दिन ३०७ स्टकको ८१ हजार ७०३ पटकको कारोबारमा ९ अर्ब ९०
करोड ७० लाख ५ हजार रुपैयाँबराबरको २ करोड २० लाख ७५ हजार कित्ता शेयर खरिदबिक्री
भएको छ।
यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार
भएको छ। यस दिन पियोर इनर्जी, बुटवल पावर कम्पनी र सिनर्जी पावर
डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबारमा आएको
सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ४.८३ प्रतिशतले घटेको छ।
यस दिन कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष
स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ६१ करोड ५७ लाख रुपैयाँबराबरको शेयर
खरिदबिक्री भएको छ।
आज कारोबारमा आएका १३
उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ।
यस दिन जलविद्युत
उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको वित्त, होटल तथा पर्यटन, अन्य र व्यापार
उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।
- न्युज बहार संवाददाता