असोज २३, काठमाडौँ । आज साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक १९.०६ अंक (०.९९ प्रतिशत)ले घटेर १८८९.५९ बिन्दुमा बन्द भएको छ
लगातार चार कारोबार दिन घट्दा नेप्से ७८.३५ अंकले घटिसकेको छ।
यसदिन करोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बृद्धी भएको छ।
यस दिन २८२ वटा धितोपत्रको ४२
लाख ८७ हजार ४२४ कित्ता सेयर किनबेचबाट १ अर्ब २८ करोड ३१ लाख ८२ हजार १४५ रुपैयाँको
कारोबार भएको छ ।
आज अपर लोहोरे खोला
हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ५.८६ प्रतिशतले बढेको छ भने सेयर मूल्य
सर्वाधिक ७.६४ प्रतिशतले घट्नेमा बाराही हाइड्रोपावर रहेको छ।
यसदिन सानिमा जिआइसी
इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा
समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घटेको हो।
यसदिन सर्वाधिक १.७९ प्रतिशतले जलविद्युत
समूहको परिसूचक घटेको हो।
- न्युज बहार संवाददाता