भदौ
३१, काठमाडौँ । सोमबार साताको दोस्रो कारोबार दिन पनि नेप्से परिसूचक घटेर बन्द
भएको छ । नेप्से परिसूचक करिब २ महिनापछि २६०० विन्दुभन्दा तल बन्द भएको हो ।
सोमबार
नेप्से परिसूचक ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ।
यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। बजारमा यस दिन ३१२ स्टकको ९२ हजार
८१५ पटकको कारोबारमा ७ अर्ब ३६ करोड १९ लाख रुपैयाँ बराबरको १ करोड ७० लाख ६१ हजार
कित्ता शेयर खरिदबिक्री भएको छ।
घटेको
नेप्सेमा यस दिन दुई स्टक आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र हिमालयन
हाइड्रोपावरको शेयर भने सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ। सर्वाधिक ९.९१
प्रतिशतले गुडविल फाइनान्सको शेयरमूल्य यस दिन घटेको छ।
यस
दिन कारोबार रकमका आधारमा सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा
रहेको छ। उक्त कम्पनीको यस दिन ३१ करोड ११ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री
भएको छ।
यस
दिन कारोबारमा आएको १३ वटै उपसमूहको परिसूचक घटेको छ। सर्वाधिक ५.६६ प्रतिशतले वित्त
उपसमूहको परिसूचक घटेको छ।
- न्युज बहार संवाददाता