साउन २१, काठमाडौँ । आइतबार साताको पहिलो दिन सेयर
बजार नेप्सेमा उच्च गिरावट आएको छ ।
यस दिन
बजार ३८.३७ अंक (१.८३ प्रतिशत) ले घटेर २०५१.४७ विन्दुमा बन्द भएको छ । आइतबार २६५
धितोपत्रको ६१ हजार ९१७ कारोबारबाट ८० लाख ७ हजार ३६१ कित्ता सेयर किनबेच भएको छ ।
उक्त धितोपत्र किनबेचबाट कारोबार रकम भने २ अर्ब ६८ करोड ७१ लाख रुपैयाँ बराबरको
भएको छ ।
आज बजारमा वित्त, होटल तथा पर्यटन र व्यापार उपसूचकमा बढी गिरावट आएको छ ।
आजैदेखी कारोबारमा आएका आईएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडियाको भने आज सकारात्मक सर्किट लेवलमा कारोबार भएको थियो ।
- न्युज बहार संवाददाता