चैत
२२, काठमाडौँ । शेयर बजार पछिल्ला केही कारोबार दिनदेखि घट्दो क्रममा रहेको छ ।
साताको अन्तिम कारोबार
दिन बिहीबार नेप्से परिसूचक २.७३ अंक(०.१३ प्रतिशत)ले घटेर २००४.०५ विन्दुमा बन्द
भएको छ ।
यस दिन कारोबार रकम भने केही बढेको छ । बजारमा यस दिन
३०२ स्टकको ५६ हजार ३२१ पटकको कारोबारमा ३ अर्ब ३ करोड ७२ लाख रुपैयाँ बराबरको ६९
लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
आज पनि बजारमा लघुवित्त
कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण कायमै रहेको देखिएको छ ।आज शेयरमूल्य बढेका
शीर्ष १० कम्पनीहरुको सूचीमा यस दिन पनि ९ लघुवित्त कम्पनीहरु रहेका छन् । मानुषि
लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको
छ भने पिपुल्स पावरको शेयरमूल्य यस दिन
सर्वाधिक ७.२४ प्रतिशतले घटेको छ।
यस दिन कारोबार रकमका
आधारमा गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ । यस दिन सो फाइनान्सको २३
करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
यस दिन १३ उपसमूहमध्ये ८
उपसमूहको परिसूचक घटेको छ भने ५ उपसमूहको परिसूचक बढेको छ। यस दिन सर्वाधिक २.३८
प्रतिशतले लघुवित्त उपसमूहको परिसूचक बढेको छ
भने यस दिन सर्वाधिक १.६१ प्रतिशतले उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक घटेको
छ।
- न्युज बहार संवाददाता