Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

१.८५ अंकले घट्यो नेप्से, लगानीकर्ताहरु भने लघुवित्त कम्पनीमा आकर्षित

  •   २ वर्ष अघि | २० चैत्र २०८०, मङ्लबार

चैत २०, काठमाडौँ । आज मंगलबार नेप्से परिसूचक १.८५ अंक(०.०९ प्रतिशत)ले घटेको छ । आज नेप्से २०१०.२१ को बिन्दुमा बन्द भएको छ। आज दोस्रो बजारका लगानीकर्ताहरु लघुवित्त कम्पनीहरुमा आकर्षित भएका देखिएको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ

९ लघुवित्त कम्पनी यस दिन शेयरमूल्य बढेका शीर्ष १० कम्पनीहरुमो सूचीमा परेका छन्। यस दिन गुराँस लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन सर्वाधिक ७.५० प्रतिशतले ज्योति विकास बैंक बण्ड २०८७ को मूल्य घटेको छ ।

अघिल्लो दिनको तुलनामा यस दिन कारोबार रकम पनि सामान्य घटेको छ। बजारमा यस दिन ३१२ स्टकको ४६ हजार २३५ पटकको कारोबारमा २ अर्ब २९ करोड १६ लाख रुपैयाँ बराबरको ६१ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको हो ।

गोर्खाज फाइनान्स कारोबार रकमका आधारमा यस दिन शीर्ष स्थानमा रहेको छ । उक्त फाइनान्सको यस दिन १४ करोड ९८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

आज कारोबारमा आएका १३ उपसमुहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ । आज सर्वाधिक १.८९ प्रतिशतले लघुवित्त उपसमूहको परिसूचक बढेको छ। यस दिन होटल तथा पर्यटन, बैंकिङ्ग, विकास बैंक, , जलविद्युत, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक घटेका छन ।

  • न्युज बहार संवाददाता

थप