पुस
२५, काठमाडौँ । नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन घटेर बन्द भएको छ।
पछिल्ला ६ कारोबार दिनदेखि बढीरहेको नेप्से,
यस
दिन भने घटेर बन्द भएको हो।
आज बिहीबार नेप्से
परिसूचक १८.१४ अंक घटेर २६३५.०९ विन्दुमा बन्द भएको छ।
यस दिन नेप्से घटेपनि कारोबार रकम भने बढेको छ। बजारमा
यस दिन ३०८ स्टकको ७३ हजार ३०९ पटकको कारोबारमा ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार
रुपैयाँबराबरको १ करोड ५७ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन दुई स्टक बाराही
हाइड्रोपावर पब्लिक र हिमालयन पावर पार्टनरको शेयर सकारात्मक सर्किट लेभलमा
कारोबार भएको छ भने यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ९.२३
प्रतिशतले घटेको छ।
यस दिन कारोबार रकमका आधारमा सुपर मादी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ४४ करोड ८८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३
उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने बाँकी १२ उपसमूहको परिसूचक
घटेको छ।
यस दिन ०.९९ प्रतिशतले होटल
तथा पर्यटन उपसमूहको परिसूचक बढेको छ भने यस दिन सर्वाधिक २.९३ प्रतिशतले वित्त
उपसमूहको परिसूचक घटेको छ।
- न्युज बहार संवाददाता