असोज १६, काठमाडौँ । आज मंगलबार नेप्से परिसूचक १७.५६ अंक (०.८८ प्रतिशत)ले घटेर १९५८.७२ बिन्दुमा बन्द भएको छ ।
यसदिन नेप्से परिसूचकसँगै अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ।
यस दिन २८१ वटा धितोपत्रको ३९ लाख ६५ हजार ९१७ कित्ता सेयर किनबेचबाट १ अर्ब १९ करोड ९१ लाख १ हजार ३२४ रुपैयाँकोकारोबार भएको छ ।
यसदिन समता घरेलु लघुवित्तको सेयर मूल्य सर्वाधिक ७.९१ प्रतिशतले बढेको भने सेयर मूल्य सर्वाधिक ७.५४ प्रतिशत घट्नेमा सामुदायिक लघुवित्त रहेको छ।
आज नेप्सेमा सिटिजन लाइफ
इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, सबै १३ वटा समूहगत परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
आज सबै भन्दा धेरै जलविद्युत समूहको परिसूचक घटेको हो।
- न्युज बहार संवाददाता