Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

१० उपसमूहको परिसूचक घट्दा ०.५० प्रतिशतले घट्यो नेप्से

  •   ३ वर्ष अघि | २८ माघ २०८०, आइतवार

माघ २८, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ।

यसदिन नेप्से परिसूचक १०.५० अंक(०.५० प्रतिशत)ले घटेर २०८५.८२ विन्दुमा बन्द भएको छ।

यस दिन नेप्से घटेपनि कारोबार रकम भने बृद्धी भएको छ। बजारमा यस दिन ३०५ स्टकको ८३ हजार ८७७ पटकको कारोबारमा ४ अर्ब ८ करोड ५६ लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन समाज लघुवित्त वित्तीय संस्था र कुथेली बुखरी स्मल हाइड्रोपावरको गरी दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने कारोबारमा आएको एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाई यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन कारोबार रकमका आधारमा बिगतका अन्य दिनहरु जस्तै हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ भने यस कम्पनीको आज ६२ करोड ४७ लाख ८५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक घटेको छ भने ३ उपसमूहको परिसूचक बढेको छ । आज विकास बैंक जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ भने कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.८८ प्रतिशत घटेको छ ।

  • न्युज बहार संवाददाता

थप