माघ ३, काठमाडौँ । बिहिबार साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। बिहीबार नेप्से परिसूचक ७.३३ अंकले घटेर २५८८.६२ विन्दुमा बन्द भएको छ।
यस दिन कारोबार रकम भने
बढेको छ। बजारमा यस दिन २९६ स्टकको ७० हजार ६३४ पटकको कारोबारमा ५ अर्ब ९३ कराड ३७
लाख ११ हजार रुपैयाँबराबरको १ करोड १७ लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज बजारमा बोटलर्स नेपाल (बालाजु) सहित ४ स्टकको शेयर
सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । भने कारोबारमा आएको पोखरा फाइनान्सको
शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशतले घटेको छ।
यस दिन कारोबार रकमका
आधारमा सिन्धु विकास बैंक शीर्ष स्थानमा रहेको छ। उक्त बैंकको यस दिन २८ करोड ५७
लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।
आज कारोबारमा
आएका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक
बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ।
आज सर्वाधिक २.०३ प्रतिशतले व्यापार उपसमूहको परिसूचक बढेको छ भने कारोबारमा आएको वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.१९ प्रतिशतले घटेको छ।
- न्युज बहार संवाददाता