असोज २२, काठमाडौँ । आज सोमबार नेप्से परिसूचक १२.५८ अंक (०.६५ प्रतिशत)ले घटेर १९०८.६६ बिन्दुमा बन्द भएको छ।
अघिल्लो दिनको तुलनामा यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।
यस दिन २८७ वटा धितोपत्रको ४३
लाख २७ हजार १७९ कित्ता सेयर किनबेचबाट १ अर्ब १७ करोड १ लाख ७२ हजार ७२२ रुपैयाँको
कारोबार भएको छ ।
आज
सयपत्री हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ६.८८ प्रतिशतले बढेको छ भने सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घट्नेमा
बाराही हाइड्रोपावर रहेको छ।
यस दिन नबिल बैंकको सर्वाधिक
कारोबार भएको छ।
आज
कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन र व्यापार समूहको
परिसूचक ०.०६ र ०.४९ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । यसदिन
सर्वाधिक १ प्रतिशतले जीवन बीमा समूहको परिसूचक घटेको हो।
- न्युज बहार संवाददाता