साउन १२, काठमाडौँ । सेयर धितो कर्जा (मार्जिन लेन्डिङ) को १५० प्रतिशत जोखिमभारलाई नेपाल राष्ट्र बैंकले परिमार्जन गरेको छ ।
केन्द्रीय बैंकले यसअघिको व्यवस्था परिमार्जन गर्दै ५० लाख रुपैयाँसम्मको मार्जिन लेन्डिङको जोखिमभार १०० प्रतिशतमा झारेको हो ।
यसअघि रहेको २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा १०० प्रतिशतको जोखिमभार थियो भने अहिले यसलाई बढाएर ५० लाखसम्म पुर्याइएको हो ।
यद्यपि, बैंकले ५० लाख रुपैयाँभन्दा माथिको कर्जामा भने पहिलेकै १५० प्रतिशतको जोखिमभारको व्यवस्था यथावत् राखिएको जानकारी गराएको छ ।
- न्युज बहार संवाददाता