Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

१३.५१ अंकले बढेको नेप्सेमा नेपाल फाइनान्सको सर्वाधिक कारोबार

  •   २ वर्ष अघि | २० जेष्ठ २०८१, आइतवार

जेठ २०, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से सूचक बढेर बन्द भएको छ ।

आज नेप्से परिसूचक १३.५१ अंक(०.६५ प्रतिशत)ले बढेर २०८३.०४ विन्दुमा पुगेर बन्द भएको छ ।

आज बजारमा २४७ कम्पनीको ९६ लाख ९७ हजार २०६ कित्ता शेयर चार अर्ब ३१ करोड १० लाख रुपैयाँ बराबरमा शेयर खरिद बिक्री भएको छ ।

आज बढेको बजारमा दुईवटा कम्पनी मल्टिर्पपस फाइनान्स र मकर जितुमाया सुरी हाईड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज बजारमा नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य सर्वाधिक ९.१३ प्रतिशतले घटेको छ ।

यस दिन कारोबार रकमका आधारमा नेपाल फाइनान्सको पहिलो स्थानमा रहेको छ । सबैभन्दा धेरै भएको छ । आज उक्त फाइनान्सको यस दिन २२ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक घटेको छ भने १० वटा उपसमूहको परिसूचक बढेको छ ।

आज कारोबारमा आएको व्यापार उपसमुहको परिसूचक सर्वाधिक ६.५६ प्रतिशतले बढेको छ । आजको बजारमा म्यूचुअल फण्ड, लागनीउत्पादन तथा प्रशोधनको परिसूचक नकारात्मक भएर बन्द भएको हो ।

 

  • न्युज बहार संवाददाता

थप