असोज
८, काठमाडौँ । आज बुधबार
झापा इनर्जी लिमिटेडको आईपीओको बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन
तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँट गरिएको हो।
कम्पनीले भदौ २० गतेदेखि सर्वसाधारणका लागि प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यका
कुल ४ लाख ७३ हजार ३३६ कित्ता शेयर बिक्रीका लागि सार्वजनिक गरेको थियो।
आईपीओमा कुल १८ लाख ६८ हजार १४१ जनाले २
करोड ३ लाख ५१ हजार ६७० कित्ता शेयरका लागि आवेदन दिएका थिए। तीमध्ये १८ लाख ३३
हजार ७३८ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द गरिएको छ।
मागभन्दा धेरै आवेदन
परेको हुँदा शेयर बाँडफाँट गोलाप्रथाको माध्यमबाट गरिएको छ। यसअनुसार ४७ हजार ३३३
लगानीकर्ताले १० कित्ताका दरले शेयर पाएका छन्। बाँकी रहेका ६ कित्ता शेयर भने ६
जना लगानीकर्तालाई १ कित्ताका दरले बाँडफाँट गरिएको छ, जसले गर्दा ती ६ जनाले ११ कित्ताका दरले
शेयर प्राप्त गरेका छन्।
- न्युज बहार संवाददाता