Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सामान्य अंकले बढेको नेप्सेमा जानकी फाइनान्सको सर्वाधिक कारोबार

  •   २ वर्ष अघि | २ पुस २०८१, मङ्लबार

पुस २, काठमाडौँ । आज मंगलबार साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ।

यस दिन नेप्से परिसूचक २.९५ अंकले बढेर २६३३.८७ विन्दुमा बन्द भएको हो ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । बजारमा यस दिन ३१८ स्टकको ५३ हजार ९५७ पटकको कारोबारमा ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार रुपैयाँबराबरको ८९ लाख ३९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।  यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

आज कारोबार रकमका आधारमा जानकी फाइनान्स शीर्ष स्थानमा रहेको छ। उक्त फाइनान्सको यस दिन २२ करोड २४ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको हो ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ।

कुनैपनि उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटबढ भएको छैन।

  • न्युज बहार संवाददाता

थप