Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सर्वोत्तम सिमेन्ट लिमिटेडको आइपिओ फागुन १३ गतेदेखि खुल्दै

  •   ३ वर्ष अघि | ६ फाल्गुन २०८०, आइतवार

फागुन ६, काठमाडौँ । फागुन १३ गतेदेखि सर्वोत्तम सिमेन्ट लिमिटेडले आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। 

कम्पनीले सर्वसाधारणका लागि फागुन १३ गते आइतबारदेखि आइपिओ निष्कासन गर्न लागेको हो।

सर्वसाधारणका लागि कम्पनीले कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गर्न लागेको हो। प्रतिकित्ता ३६० रूपैयाँ ९० पैसाका दरले लगानीकर्ताले उक्त आइपिओमा आवेदन दिनु पर्ने हुन्छ। 

उक्त आइपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। 

फागुन १६ गतेसम्म कम्पनीको आइपिओमा आवेदन दिन सकिनेछ।

इक्रा नेपालले कम्पनीलाई 'इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी' प्रदान गरेको छ। यसले कम्पनी समयमा नै सुरक्षित रुपले वित्तयि दायित्व बहन गर्न मध्यम स्तरको क्षमता भन्ने जनाउँछ ।

  • न्युज बहार संवाददाता

थप