भदौ १५, काठमाडौँ । आज शुक्रबार, सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ।
इन्स्योरेन्सको आईपीओ शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल
एसबिआई मर्चेन्छ बैंकिङ्ग लिमिटेडको कार्यालयमा बाँडफाँट भएको हो।
सर्वसाधारणका लागि इन्स्योरेन्सले गत साउन ३२
गतेदेखि भदौ ४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ
प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा ७६ लाख ८० हजार कित्ता आईपीओ निष्काशन
गरेको थियो।
इन्स्योरेन्सको
आईपीओमा मागभन्दा बढी आवेदन परेको हुनाले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार
गोलाप्रथा प्रक्रियाबाट बाँडफाँट गरिएको छ।
यस प्रक्रियाबाट अनुसार कुल आवेदकमध्ये ७ लाख ६८
हजार आवेदकले १० कित्ताका दरले इन्स्योरेन्सको शेयर पाएका छन ।
आईपीओ बाँडफाँटको नतिजा केही समयपछी सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको वेवसाइट त्यसैगरी कम्पनिको वेवसाइटवाट तथा बिक्री प्रबन्धकको वेवसाइटबाट हेर्न सकिने छ ।
- न्युज बहार संवाददाता