माघ
२३, काठमाडौँ । मंगलबार साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको
छ ।
यस दिन नेप्से परिसूचक ९.४४ अंक(०.४५ प्रतिशत)ले बढेर २०८५.७१ विन्दुमा बन्द भएको छ ।
नेप्सेसँगै
यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। यस दिन ३१५ स्टकको ६६ जार ५५९ पटकको
कारोबारमा २ अर्ब ५९ करोड १५ लाख रुपैयाँ बराबरको ७६ लाख २४ हजार कित्ता शेयर
खरिदबिक्री भएको छ ।
आज समाज लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा
कारोबार भएको छ। त्यसैगरी,
गुराँस
लघुवित्तको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने सामलिङ पावर कम्पनिको शेयर
सर्वाधीक १० प्रतिशतले घटेको छ ।
यस दिन पनि हिमालयन रि इन्स्योरेन्स कारोबार रकमका आधारमा शीर्ष
स्थानमा रहेको छ ।
यस दिन १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । यस दिन १ प्रतिशतभन्दा बढी उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक बढेको छ भने कारोबारमा आएको अन्य र व्यापार उपसमूहको परिसूचक घटेको हो ।
- न्युज बहार संवाददाता