Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओ खुल्ने म्याद सर्यो

  •   ३ वर्ष अघि | २० कार्तिक २०८०, सोमवार

कार्तिक २०, काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओ खुल्ने म्याद सरेको छ । कम्पनीले अंकित मूल्य १ सयमा प्रतिकित्ता १०६ रुपैयाँ पि्रमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरले आईपीओ निस्कासन गर्दैछ ।

भोलि मंगलबारदेखि कम्पनीले वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री खुला गर्ने मिति तय गरेकोमा अहिले सो अवधिमा नभइ लाई मंसिर ४ देखि मात्रै खुला हुने जनाएको छ ।

बिक्री प्रवन्धक एनएमबी क्यापिटलले तिहारको लामो विदा पर्ने भएकाले मिति सारिएको सार्वजनिक सूचनामार्फत जानकारी दिएको छ ।

अब मंसिर ४ देखि १८ गतेसम्म वैदेशिक रोजगारमा रहेकाले यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् ।

  • न्युज बहार संवाददाता

थप