Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

७.२४ अंकले घटेको बजारमा हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार

  •   ३ वर्ष अघि | ४ माघ २०८०, बिहिबार

माघ ४, काठमाडौँ । साताको अन्तिम कारोबार दिन अर्थात बिहिबार शेयर बजारमा तिब्र उतारचढाव देखिएको छ। आज हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण फर्किदा उच्च अंकले घटेको नेप्से सूचक पुन फर्किएको हो।

यस दिन नेप्से सूचक ७.२४ अंक (०.३३ प्रतिशत) ले घटेर २१५५.८२ अंकमा झरेको छ।

आज नेप्से परिसुचक सँगै कारोबार रकम पनि घटेको छ। आज बिहीबार ८ अर्ब १७ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

बिहीबार सिनर्जी पावर, रिडि हाइड्रोपावर, गणपति लघुवित्त र महुली लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै ९.४३ प्रतिशतले तेह्रथुम हाइड्रोपावरको शेयरमूल्य घटेको छ ।

आज नेप्सेमा हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै १ अर्ब ८४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ यस दिन कारोबारमा आएका १३ उपसमूहमा बाँकी सबै १० उपसमूहको सूचक नकारात्मक देखिँदा व्यापार, हाइड्रोपावर र फाइनान्स उपसमूहको सूचक सकारात्मक देखिएको छ ।

  • न्युज बहार संवाददाता

थप