१२ असार, काठमाडौं । आज सेयर बजार परिसूचक नेप्सेमा उच्च अंकको वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ५६.९४ अंक , २.६७ प्रतिशत ले वृद्धि भएर २१८६.३६ को विन्दुमा बन्द भएको हो । लघुवित्त र वाणिज्य बैंकको सेयर लगानि कर्ताको आकर्षण बढ्दा नेप्से करिब सात महिना यताकै उच्च बिन्दुमा पुगेको छ।
केही दिनको करेक्सन पछि बिहिबारबाट पुनः बढ्न सुरु भएको नेप्से पछिल्लो ४ दिन लगातार बढ्दा १३५ अंक भन्दा माथिले वृद्धि भइसकेको छ ।
नेप्से परिसुचकसँगै पछिल्ला कारोबार दिनमा कारोबार रकम पनि निरन्तर उच्च देखिएको हुँदै गएको छ ।आजसम्म लगातार तेस्रो दिन नेप्समा ५ अर्ब भन्दा माथिको सेयर कारोबार भएको छ । मंगलबार ८० हजार ३९८ वटा कारोबारमा १ करोड ३१ लाख ७ हजार ८० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड ६३ लाखको कारोबार भएको छ । आज नेप्सेमा स्वालम्बन लघुवित्तको सर्वाधिक कारोबार भएको छ ।
- न्युज बहार संवाददाता