Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेप्सेमा हरियाली, कारोबार रकम पनि बृद्धी

  •   २ वर्ष अघि | १६ बैशाख २०८१, आइतवार

बैशाख १६, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा हरियाली छाएको छ । आज नेप्से र कारोबार रकम दुबै बढेर बन्द भएको हो ।

आइतबार नेप्से परिसूचक १४.३३ अंक(०.७२ प्रतिशत)ले बढेर १९८०.२७ विन्दुमा बन्द भएको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बृद्धी भएको छ । यस दिन ३०८ स्टकको ४८ हजार १८३ पटकको कारोबारमा २ अर्ब ६८ करोड २५ लाख रुपैयाँ बराबरको ६८ लाख ७८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज बजारमा पोखरा फाइनान्सको शेयरमूल्य सर्वाधिक ९.८४ प्रतिशतले बढेको छ भने कारोबारमा आएको रिभरफल्स पावरको शेयरमूल्य सर्वाधिक ४.६३ प्रतिशतले घटेको छ।

यस दिन कारोबार रकमका आधारमा पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनिको यस दिन १३ करोड ५ लाख रुपैयाँब राबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन सर्वाधिक ३.९८ प्रतिशतले वित्त उपसमूहको परिसूचक बढेको छ। आज ०.३४ प्रतिशतले व्यापार उपसमूहको परिसूचक घटेको छ ।

  • न्युज बहार संवाददाता

थप