Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मंसिर २७ गतेदेखि हिमालयन रिइन्स्योरेन्सले आइपिओ निष्कासन हुँदै

  •   ३ वर्ष अघि | २४ मंसिर २०८०, आइतवार

मंसिर २४, काठमाडौँ । मंसिर २७ गतेदेखि हिमालयन रिइन्स्योरेन्सले आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको हो। 

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आइपिओ निष्कासन गर्न लागेको हो।

हिमालयन रिइन्स्योरेन्स कम्पनीले प्रतिसेयर अंकित १०० रूपैयाँमा १०६ रूपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रूपैयाँका दरले दुई करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

उक्त आइपिओमा न्यूनतम १० कित्तादेखी अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। 

पुस १ गतेसम्म कम्पनीको आइपिओमा आवेदन दिन सकिनेछ।

कम्पनीले आइपिओ निष्कासनका लागी गराएको रेटिङमा इक्रा नेपालले 'इक्रा एनपी इस्युअर रेटिङ ए' प्रदान गरेको छ। यस्तो रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको जनाउँछ।

एनएमबी क्यापिटल लिमिटेड कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक रहेको छ। 

यस कम्पनीको आइपिओमा लगानिकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर 'मेरो सेयर' अनलाइन प्राणालीमार्फत् आवेदन दिन सक्नेछन्।

  • न्युज बहार संवाददाता

थप