भदौ ८, काठमाडौँ । भदौ ५ गतेदेखि प्रिमियममा सेयर निष्काशन गरेको भगवती हाइड्रोपावर
डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज शुक्रबार अन्तिम दिन रहेको छ।
यस कम्पनिको आईपीओमा न्यूनतम १० कित्ता देखी अधिकतम ५ हजार
कित्ताका लागि आवेदन दिन सकिनेछ।
केयर रेटिङ्ग नेपालले आईपीओ
निष्काशनको लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग
प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको
संकेत गर्दछ।
यस कम्पनिले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता कुल ११६ रुपैयाँमा ७ लाख १२ हजार २२० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनिले ७ लाख १२ हजार २२० कित्ता शेयरका सर्वसाधारणको लागी खिल्ला गरेको हो ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
- न्युज बहार संवाददाता