Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आजदेखी खुल्यो मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपिओ, प्रति कित्ता कति छ मुल्य?

  •   ३ वर्ष अघि | २५ असोज २०८०, बिहिबार

असोज २५, काठमाडौँ । आज बिहीबार देखि मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपिओ निष्कासन खुल्ला भएको छ। 

लघुवित्तले सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न एफपिओ निष्कासन गरेको हो।

कम्पनीले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको १ लाख २३ हजार ८१६.४५ कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन गरेको हो। 

यस लघुवित्त कम्पनिको एफपिओमा लगानीकर्ताले असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन्।

एफपिओमा न्यूनतम १० कित्तादेखी अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ ।

एफपिओ निष्कासनको लागी गराएको रेटिङमा इक्रा नेपालले कम्पनिलाई 'इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस' प्रदान गरेको छ। यसको अर्थ कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने हुन्छ ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक रहेको छ। 

यस कम्पनिको एफपिओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर 'मेरो सेयर' प्रयोग गरी अनलाइन प्रणालीमार्फत् आवेदन दिन सक्नेछन्।

  • न्युज बहार संवाददाता

थप