साउन ३, काठमाडौँ। आज बुधबार सेयर बजार परिसुचक नेप्से ११.१७ अंक (०.५२ प्रतिशत) ले बढेर २१६५.२४ बिन्दुमा बन्द भएको छ।
आज बुधबार नेप्से परिसूचक बढे पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ।
यस दिन २६० वटा धितोपत्रको ८६ लाख ७४ हजार १०९ कित्ता सेयर किनबेचबाट ३ अर्ब ३४ करोड ८६ लाख ७९ हजार ९०० रुपैयाँको कारोबार भएको छ।
आज नेप्सेमा बुधबार बिपिडब्ल्यू लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने सेयरमूल्य सर्वाधिक घट्नेमा एनआइबिएल समृद्धि फण्ड–२ रहेको छ।
यस दिन युनाइटेड अजोड इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका मध्ये १३ वटा समूहगत परिसूचकमध्ये ८ समूहको परिसूचक घटेको छ भने ५ समूहको परिसूचक बढेको छ ।
यस दिन लगानीकर्ताको उच्च आकर्षण बैंकिङ र व्यापार समूहमा देखिएकाले व्यापार समूहको परिसूचक सर्वाधिक ४.८३ प्रतिशतले र बैंकिङ समूहको परिसूचक २.३१ प्रतिशतले बढेको छ।
- न्युज बहार संवाददाता